होटल रेस्टुरेन्ट बन्द गर्ने सरकारको निष्कर्ष सहि कि गलत?आफ्नो विचार राख्दै सेयर गरौ !

काठमाडौं -: काठमाडौं उपत्यकामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण बढ्न थालेपछि सरकारले होटल रेष्टुराँहरू पुन: बन्द गर्नु पर्ने निस्कर्ष निकालेको छ।
व्यवस्थित रुपमा सञ्चालन नभएका उपत्यका भित्रका खाजा घर तथा रेस्टुरेन्टहरुबाट जोखिम बढेको भन्दै तिनलाई फेरि बन्द गराउने निष्कर्षमा सरकार पुगेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आइतबार बसेको इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसीए) को बैठकले यस्तो निर्णय गरेको हो।

उपत्यकामा सञ्चालित धेरै खाजा घर तथा रेस्टुरेन्ट न्यूनतम स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगरी सञ्चालन गरेको जानकारी आएको भन्दै यसमा सुधार नगर्नेहरूलाई बन्द गर्ने निष्कर्ष निकालिएको मन्त्रालयका सह-प्रवक्ता डा. समिर अधिकारीले बताए।

काठमाडौं सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक कहिले बस्ने भन्नेबारे टुँगो छैन् । गत असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता माधव कुमार नेपाल समूहले सुरुमै प्रधानमन्त्री र पार्टी अध्यक्षबाट केपी शर्मा ओलीको राजीनामा मागेपछि बैठक प्रभावित हुँदै आएको छ ।

ओलीले आफूले दुवै पदबाट राजीनामा नदिने अडानमात्रै लिएका छैनन्, सकेको गर्न दाहाल नेपाल समूहलाई चूनौति दिएका छन् । अध्यक्ष दाहाललाई पूर्व माओवादी केन्द्र समूहका नेताहरुले ओलीसँग मिलेर नै अघि बढ्न सुझाएका छन् । दाहाल निवास खुमलटारमा पुगेरै उनीहरुले पार्टी एकता गर्दा ओलीसँग सहमति गरेकोले दुई अध्यक्ष मिलेर नै जानुपर्ने सुझाव दिएका थिए ।

दाहाललाई विगत लामो समयदेखि नै साथ दिँदै आएका स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले त पछिल्लो समय पार्टीभित्रको संकट समाधानको लागि एक सूत्रीय उपायसमेत दिएको र दाहालले गजुरेलको उपाय लागु गर्ने वचनबद्धता गरेका थिए । गजुरेलले पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा आफूले दाहाललाई अहिलेको संकट समाधानको लागि उपाय दिएको र दाहालले पनि आफ्नो उपाय फलो गर्ने बताएका थिए ।साउन १३ गते स्थायी कमिटीको बैठक बस्नुअघि पनि दाहालले गजुरेलले दिएको उपाय लागु गर्ने बताएका थिए । गजुरेलले दाहाललाई पार्टी अध्यक्षबाट राजीनामा दिन सुझाएका थिए ।

प्रकाशित मिति August 3, 2020
Loading...