हुम्ला जिप दर्घटनामा बेपताहरुको खोजीमा हेलिकप्टर प्रयोग, ताजा अपडेट।

डोल्पा – हुम्लाको खार्पुनाथ गाउँपालिका – ५ बेडुबिसौनास्थित कर्णाली नदीमा मंगलबार बेपत्ता भएको लु १ ज ७१६६ नम्बरको जीप र त्यसमा सवार १६ व्यक्तिहरुको खोजी कार्य व्यापक बनाइएको छ।

यद्यपि बुधबार साँझसम्म पनि केही फेला पार्न सकिएको छैन। सशस्त्र प्रहरी बल, कुरिनटारबाट पुगेको इन्स्पेक्टर लक्ष्मणबहादुर बस्नेत नेतृत्वको १० जना गोताखोरको टोलीले बेपत्ताहरुको खोजी गरिरहेको छ।

दुर्घटनालगत्तै खोजी कार्यलाई तीव्रता दिइए पनि केही पत्ता लाग्न नसकेको हुम्लाका सहायक सीडीओ महेशकुमार पोखरेलले जानकारी दिए।

प्रकाशित मिति June 20, 2019
Loading...