केपी ओली प्रधानमन्त्री नभएको भए नक्सा बन्दैन थियो तेही पनि मैले गरेको भनेर भुक्ने धेरै छन् : चन्द्र भण्डारी

काठमाडौं, साउन -: नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले चुनौति मोलेरै नक्सा प्रकाशन गरेको बताउनु भएको छ ।उहाले ओली प्रधानमन्त्री नभएको भए नेपालको नयाँ राजनीतिक नक्सा प्रकाशन गर्न कसैको हिम्मत नहुने समेत स्पष्ट पार्नुभएको छ ।एभिन्युज टेलिभिजनको अन्तवार्तामा उहाले पार्टीका बैठकको अडियो रेकर्ड गरेर भारतीय दूतावासमा पु¥याउने समुहहरु कांग्रेस र नेकपा दुवैमा सक्रिय रहेको समेत खुलाउनु भयो ।´

प्रधानमन्त्रीमा ओली जि नभएको भए नक्सा आउदैन थियो, र कांग्रेसमा देउवा सभापति नभएको भए संसदबाट सर्वसम्मतले पारित हुदैन थियो उहाले भन्नुभयो । नेता भण्डारीले नक्सा प्रकाशन गर्नु अगाडी आफु र एनपी साउदले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेको समेत बताउनु भयो ।तपाईले नक्सा त निकाल्नु भयो, अब तपाईलाई हटाउन लागि पर्छन् भनेर हामीले भन्यो उहाले अगाडी भन्नुभयो` ।

उहाले नक्सा निकालेपछि भारतका सबै मिडियाले प्रधानमन्त्रीबाट ओलीलाई हटाउछौं भनेर भनिरहेका बेला नेकपाकै कतिपय नेताहरु छिमेकीको बुई चढेर सो माग राख्नु उचित नभएको स्पष्ट पार्नुभयो ।देशको दुईतिहाईको सरकारले नक्सा निकालेपछि भारतीय सबै मिडियाले अब ओलीलाई प्रधानमन्त्रीबाट हटाउछौं भन्छ, त्यही बेला नेकपाका नेताहरु राजिनामा दे भन्छन्, अब हामीले के बुझ्ने ? उहाले प्रश्न गर्नुभयो `।

अहिलेको अवस्थामा प्रधानमन्त्रीबाट ओलीलाई हटाउने हो भने नेपालका कुनै पनि सरकार लामो समय टिक्दैनन उहाले भन्नुभयो ।यसबाट के सन्देश जान्छ भने भारतका विरुद्ध काम गर्यो भने हामीले दुई तिहाईको सरकार त ढाल्यो भन्दै उनिहरु खुशी मनाउने छन् उहाले थप प्रष्ट पार्दै भन्नुभयो,त्यसपछि नेपालका नेताहरु सिहंदरवार छाडेर दूतावासमा धाउनेछन्` । नेता भण्डारीले नेकपा पार्टी भित्र अनेकौं विवाद होला ? तर, कुन बेला के कुरा गर्ने भन्ने बुझ्नुपथ्र्यो, दुई महिना थप कुरेको भए के जान्थ्यो । नेपालका अधिकाश नेता राष्ट्रियताका विषयमा बोल्न डराउने गरेको पनि आरोप लगाउनु भयो ।सीमा, डुबान, नागरिकता लगायतका विषयमा खै नेताहरु खुलेर बोलेको उहाले भन्नुभयो,राष्ट्रियताको विषयमा मौनता साध्नु नै नेपालका लागि दुर्भाग्य हो `।

प्रकाशित मिति July 29, 2020
Loading...