निशान भट्टराईले पहिलो पटक गाएको तीज गितमा दुर्गेश थापा र विवादीद नायिका सुष्मा कार्कीको अभिनय !

निशान भट्टराईले पहिलो पटक गाएको तीज गितमा दुर्गेश थापा र विवादीद नायिका सुष्मा कार्कीको अभिनय
ईटहरी-:  हिन्दु नारिहरुको महान चाड हरितालिका तीज नजिकिदै गर्दा तीज गीत सार्वजनिक हुने क्रम जारी छ । बिगतका वर्षहरुमा जस्तै यो वर्ष तामझामवाला कार्यक्रमा सहित तिज मनाउने अवस्था नभएपनि युट्युबमा यो वर्ष पनि तीजका खाले-खाले गीतहरु सार्बजनीक हुने कार्य दैनिक रुपमा बढिरहेको छ’।

यसै क्रममा नेपाल आइडलको पहिलो सिजनबाट ख्याती कमाएका गायक निशान भट्टराई र शान्ता खत्रीको स्वरमा रहेको तीज गीतको भिडियो युट्युबमा सार्वजनिक गरिएको छ’।डिपी खनालको शब्द रचना रहेको गीतमा रिमेश कुमारको संगीत रहेको छ । ‘यसपालिको तीज’ बोलको गीतमा शाहज शाक्यको संगीत संयोजन रहेको छ’।

भिडियोमा पछिल्लो समय विवाद र आलोचनाको सिकार भएका जोडी गायक तथा मोडल दुर्गेश थापा र सुष्मा कार्की फिचर्ड भएका छन् । सार्बजनिक गीतको भिडियोलाई अशोक बिकले निर्देशन गरेका छन् ।’बिरेन्द्र भट्टले छायाँकन गरेको भिडियोलाई रबिन बिकले सम्पादन गरेका छन् । उक्त भिडियो गोर्खा चौतारी म्युजिकको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो’।

 

प्रकाशित मिति July 20, 2020
Loading...