लामो समयदेखि तलव नपाएपछि यूएईमा १२ जना नेपाली अलपत्र!

युएइ – तलव नपाएपछि संयुक्त अरब इमिरेट्स (यूएई) मा १२ जना नेपाली अलपत्र परेका छन् । पिडितहरुका अनुसार नवलपुरका गया चौधरी र सुनसरीका इन्द्रबहादुर महतो, अर्घाखाँचीका हरिप्रसाद गैरे, मोरङका सानु राई, सन्तोष गुरुङ र लालध्वज राई, काभ्रेका बोमबहादुर तामाङ, लगायत १२ जना अलपत्र परेका हुन् । उनीहरुले करिब ३ महिनादेखि तलव नपाएको दुखेको पोखेका छन् । पहिलेदेखि काम गरेको तलब नपाएपछि उनीहरुले काम छोडेर कम्पनीको क्याम्पमा बसेको र अहिले कम्पनीले भाडामा लिएर राखेको मजदुर क्याम्पबाट पनि निकालेपछि नेपाली कामदारहरु अप्ठ्यारोमा परेका हुन् ।

‘उनीहरु काठमाण्डौ महाराजगञ्जमा रहेको नेगी इन्टरनेशनल ओभरसिज म्यानपावरमार्फत यूएईको एटोन कन्ट्र्याक्टिङ मेन्टिनेन्स् कम्पनीमा गएको पिडितहरुले बताएका छन् । ‘आबुधाबीको मुसाफा ८ नम्बर मजदुर क्याम्पमा ७ जना र बाँकी ५ जना दुबईमा समस्यामा परेको नेपाली दूतावासले जनाएको छ । दुतावासका अनुसार उनीहरुको काम एउटै भए पनि म्यानपावरले नेपालमा गराएको सम्झौता अनुसार तलब नपाएको पीडितहरुको गुनासो छ ‘।

प्रकाशित मिति May 15, 2019
Loading...